बंगलादेश एसिया कपबाट आउट, श्रीलंका विजयी  

  • Image नेप्लेज
  • २३ भदौ २०८०, शनिवार
  • 6619 पटक हेरिएको
बंगलादेश एसिया कपबाट आउट, श्रीलंका विजयी  

बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ । सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ । भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन् । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक एक खेल खेलेका छन् ।

प्रेमदासा स्टेडियम कोलम्बोमा आज भएको खेलमा घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । श्रीलंकाका सदिरा समरबिक्रमाले ९३ रनको उत्कृष्ट पारि खेले । यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडेका थिए । कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिएका थिए ।

Mushfiqur Rahim helped rebuild Bangladesh's innings, Sri Lanka vs Bangladesh, Asia Cup, Super Fours, Colombo, September 9, 2023

२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८.१ ओभरमा सवै विकेट गुमाएर २३६ रनमात्रै बनायो । बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्ष्णा र महिषा पथिरनाले तीत तीन विकेट लिए । बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१रन जोडेका थिए ।