फुलह्यामलाई पराजित गर्दै म्यानचेष्टर सिटि शीर्ष स्थानमा, हाल्याण्डको ह्याट्रिक

  • Image नेप्लेज
  • १६ भदौ २०८०, शनिवार
  • 505 पटक हेरिएको
फुलह्यामलाई पराजित गर्दै म्यानचेष्टर सिटि शीर्ष स्थानमा, हाल्याण्डको ह्याट्रिक

इर्लिङ हाल्याण्डको ह्याट्रिकको मद्दतले म्यानचेष्टर सिटिले फुलह्याममाथि सहज जित निकालेको छ ।

म्यानचेष्टर सिटिको घरेलु मैदानमा भएको खेलमा सिटिले फुलह्यामलाई ५–१ गोलले पराजित गरेको हो । सिटिलाई जित दिलाउन इर्लिङ हाल्याण्डले ह्याट्रिक गर्दा जुलियन आल्भारेज र नाथान बेन्जामिन अकेले एक एक गोल गरे । फुलह्यामका लागि टिमोथि मिकेल रिमले सान्त्वना गोल गरे । 

खेलको ३१ औं मिनेटमा जुलियन आल्भारेजले इर्लिङ ह्याल्याण्डको पासमा गोल गर्दै सिटिलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेटमा नै फुलह्यामले बराबरी गोल गर्यो । उसका लागि टिमोति रिमले गोल गरे । 

पहिलो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा सिटिले खेलमा पुन अग्रता लियो । उसका लागि फोडे फोफानाको पासमा नाथान अकेले गोल गरे । 

पहिलो हाफमा एक गोलले अगाडि रहेको सिटिले दोस्रो हाफमा थप तीन गोल गर्यो । सिटिका लागि तीनै गोल इर्लिङ हाल्याण्डले गरे । हाल्याण्डले खेलको ५८ औं, ७० औं र खेलको अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । 

जितसँगै सिटिले चार खेलमा सतप्रतिशत जित निकाल्दै १२ अंक् सहित लिगको शीर्ष स्थानमा रहेको छ । पराजित भएको फुलह्याम चार खेलमा चार अंकसहित १३ औं स्थानम रहेको छ ।