डेब्यु खेलमै साबित्राको गोल

  • Image नेप्लेज
  • १ भदौ २०८०, शुक्रवार
  • 4114 पटक हेरिएको
डेब्यु खेलमै साबित्राको गोल

Pic: Hapoel Raanana Women FC

नेपाली राष्ट्रिय फुटबल टोलीको स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले इजरायली क्लबबाट डेब्यु गरेकी छिन् ।

हापोएल रानानाबाट नयाँ सिजनको पहिलो खेलमै डेब्यु गर्दा साबित्राले गोल गरेकी छिन् भने टोलीले पनि विजयी सुरुआत गरेको छ ।

अथेना कपको दोस्रो चरणमा हापोएल रानानाले हादेरलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जसमा हापाएलका लागि साबित्रा र आदि गोल्डेनले एक एक गोल गरेका छन् ।

 पहिलो गोल गोल्डेनले गर्दै रानानालाई अग्रता  दिलाएकी थिइन् ।

पहिलो गोलमा साम्बाले एसिस्ट गरेकी थिइन् ।

त्यसपछि टिमका लागि दोस्रो तथा डेब्यु गोल साबित्राले गरिन् ।    

May be an image of 2 people, people playing soccer, people playing football and text