प्रिमियर लिगमा फुलह्याम र क्रिष्टल विजयी

  • Image नेप्लेज
  • २७ श्रावण २०८०, शनिवार
  • 620 पटक हेरिएको
प्रिमियर लिगमा फुलह्याम र क्रिष्टल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले पनि विजयी सुरुआत गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा क्रिष्टलले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । क्रिष्टलको जितमा ४९ औं मिनेटमा ओडसन एडुवार्डले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

यस्तै अर्को खेलमा फुलह्यामले एभर्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामका लागि बबी रेइडले ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

यस्तै, एएफसी बर्नमाउथ र वेस्टह्याम युनाइटेडले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ५१ औं मिनेटमा जारोड बोइनले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए । तर, ८२ औं मिनटेमा बर्नमाउथका लागि डोमोनिक सोलनकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंक लिए ।