एसेज सिरिज : अस्ट्रेलिया संघर्षरत

  • Image नेप्लेज
  • ६ श्रावण २०८०, शनिवार
  • 666 पटक हेरिएको
एसेज सिरिज : अस्ट्रेलिया संघर्षरत

एशेज शृंखला (एशेज २०२३) को चौथो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । तेस्रो दिन इंग्ल्याण्डका ब्याट्सम्यानले स्थिर सुरुवात गरे पनि विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टोले ९९ रनको धमाकेदार इनिङ खेलेर अस्ट्रेलियाका बलरहरुलाई वास्तविक बेसबलको स्वाद चखाई दिए ।

इंग्ल्याण्डको पहिलो इनिङ्स ५९२ रनमा समेटिएको थियो र यस अवधिमा टोलीको रन रेट ५.४९ थियो, जुन टेस्ट क्रिकेटमा सामान्य होइन । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले पछिल्ला केही महिनादेखि यस प्रकारको क्रिकेट खेलेको छ र यो शृङ्खलामा इंग्ल्याण्डले फर्कने आफ्नो मनसाय बलियो बनाएको छ ।

पहिलो इनिङ्सको आधारमा इंग्ल्याण्डले २ सय ७५ रनको बलियो अग्रता लिएको थियो, जसको जवाफमा पाहुना टोलीले तेस्रो दिनको खेल समाप्त हुँदा ११३/४ रन बनाएको छ र अझै १६२ रनले पछाडि छ । चौथो टेष्ट खेलमा इंग्ल्याण्डको टोलीले आफ्नो पकड बलियो बनाएको छ तर चौथो र पाँचौं दिन वर्षा हुनसक्ने भएकाले नतिजामा फरक पर्ने अनुमान गरिएको छ ।

Chris Woakes celebrates the dismissal of David Warner, England vs Australia, 4th Ashes Test, Old Trafford, July 21, 2023

इंग्ल्याण्डले ३८४/४ को अग्रता लिएको थियो । बेन स्टोक्स र ह्यारी ब्रुकले आ–आफ्ना अर्धशतक पूरा गरे । बेन स्टोक्स ५१ र ह्यारी ब्रुक ६१ रन बनाएर प्याभिलियन फर्किए तर त्यसपछि अष्ट्रेलियाका बलरहरुले बेयरस्टो नामको भुकम्पको सामना गर्नु परेको थियो । जोनी बेयरस्टोले अर्को छेउमा उभिएर ८१ बलमा अविजित ९९ रन बनाए र आयोजक टोली अलआउट भयो। बेयरस्टोले आफ्नो इनिङ्समा १० चौका र ४ छक्का प्रहार गरे ।

कंगारु टोलीका ओपनर उस्मान ख्वाजा र डेभिड वार्नरले स्थिर सुरुवात गरेपनि ख्वाजा १८ रन बनाएर मार्क वुडको शिकार बने । यसपछि वार्नर पनि २८ रन बनाएर क्रिस वोक्सले बोल्ड भएका थिए । स्टिभ स्मिथ र मार्नस लाबुस्चेनबीच ४३ रनको महत्वपूर्ण साझेदारी थियो तर मार्क वुडले स्मिथ र त्यसपछि ट्राभिस हेडको विकेट लिएर अस्ट्रेलियालाई ब्याकफुटमा धकेले। स्टम्पसम्म मार्नस लाबुस्चेन ४४ र मिचेल मार्स १ रन बनाएर क्रिजमा छन् ।