सन्दिपले लिए पहिलो ओभरमा नै सकिबको विकेट

  • Image नेप्लेज
  • ६ श्रावण २०८०, शनिवार
  • 1795 पटक हेरिएको
सन्दिपले लिए पहिलो ओभरमा नै सकिबको विकेट

क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिग नेपाली बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलको पहिलो ओभरमा विकेट लिएका छन।

टिमको आठौं अ‍ोभर लिएर आएका सन्दिपले मात्र दुई रन दिएर एक विकेट लिए । 

उनले ओभरको पहिलो बलमा नै सकिब अल हसनको विकेट लिए । कप्तान अहमदको हातबाट क्याच आउट गराएका सन्दिपले सकिबलाई २६ रनमा पेभेलियनको बाटो देखाए ।

पुरस्कार रकमको जिम्मा कसले लिने–क्यान की सेभेन थ्री?

सकिबले १३ बलमा चार चौंका र एक छक्का प्रहार गरेका थिए । 

दोस्रो ओभरमा पनि सन्दिपले अरु चार रन दिएका थिए । उनले दुई ओभरमा आठ रन दिएर एक विकेट लिए ।