प्रहरी स्कुललाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२७
  • |
  • 523 पटक हेरिएको

काभ्रेको नेपाल प्रहरी स्कुलले तेश्रो राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

बूढानीलकण्ठ आवसिय माविमा भएको फाइनलमा प्रहरीले भक्तपुरको साइनिङ स्टार स्कुललाई १५–७ ले पराजित ग¥यो । विजेता र उपविजेतासहित काठमाडौंको बूढानीलकण्ठ आवसिय मावि तथा ललितपुरको श्री कुल गरी ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । लिगका शीर्ष दुई टोलीले उपाधिका लागि पुनः प्रतिस्पर्धा गरेका थिए ।

नेपाल बेसबल तथा सफ्ट बल संघद्वारा आयोजित प्रतियोगितामा प्रहरीका सुजन थापा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उप महासचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य अन्जन धमला, आयोजक संघका अध्यक्ष दीपक न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey