नेपाल सवै खेलमा ५-० गोलले पराजित 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२७
  • |
  • 602 पटक हेरिएको

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएको छ ।

म्यानमार आज सकिएको खेलमा चाइनिज ताइपेइसँग ५–० गोल अन्तरले पराजित भयो ।

नेपालले खेलेका तीन वटै खेलमा समान ५–० को नतिजा आत्मसाथ गरेपछि जितविहीन बन्दै घर फर्कने भएको हो  ।

यानगोनस्थित थुवुन्ना स्टेडियममा नवौं मिनेटमा लिउ यू चीओले गोल गर्दै चाइनिज ताइपेलाई सुरुआती अग्रता दिलाइन् । २० औं मिनेटमा लाईयू चीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । 

३६ औं मिनेटमा शिन यी चिङले टिमका लागि तेस्रो गोल गर्दा ४१ औं मिनेटमा हि जिया शिउअनले गोल गरेपछि ताइपेइ ४–० ले अघि बढेको थियो ।

४५ औं मिनेटमा ताइपेइकी हि जियाले व्यक्तिगत दोस्रो गोल गर्दा टिम भने ५–० ले अघि बढेको थियो । दोस्रो हाफमा थप गोल नखाए पनि चाइनिज ताइपेईविरुद्ध नेपालले दबाब भने सिर्जना गर्न असफल रह्यो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey