प्रिमियर लिगमा लिभरपुलको नाटकीय बराबरी

  • Image नेप्लेज
  • ६ जेठ २०८०, शनिवार
  • 665 पटक हेरिएको
प्रिमियर लिगमा लिभरपुलको नाटकीय बराबरी

 इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एस्टोन भिल्लाले अंक बाँडेका छन् ।

दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुल ६६ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ भने एस्टोन भिल्ला ५८ अंकका साथ सातौं स्थानमा छ ।

लिभरपुलको मैदानमा पाहुना टोली एस्टोनले सुरुआती अग्रता लिएको थियो भने पेनाल्टी मिस गर्दा अंक बाँड्न पुग्यो । २२ औं मिनेटमा एस्टोनका ओले वाटिकन्सले पेनाल्टीमा गोल गर्न असफल भएपछि सुरुआती अग्रता लिन चुकेको थियो ।

तर, २७ औं मिनेटमा जेम्स राम्सले गोल गरेपछि सुरुआती अग्रता एस्टोनले नै लिन सफल भयो । तर निर्धारित समय सकिन १ मिनेट बाँकी भएका बेला रोबर्टो फिरमिनोले लिभरपुलका लागि बराबरी गोल गरेका थिए ।

मोहम्म सलाहको पासमा गोल गरेका थिए । अन्तिम समयमा नाटकीय रुपमा लिभरपुलले बराबरी गरेको हो ।

Image