शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई ४ अंकको अग्रता 

  • Image नेप्लेज
  • २३ वैशाख २०८०, शनिवार
  • 726 पटक हेरिएको
शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई ४ अंकको अग्रता 

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले ४ अंकको अग्रता बनाएको छ ।

आज भएको खेलमा लिड्स युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै ४ अंकको अग्रता बनाएको हो । ३४ खेलबाट ८२ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ७८ अंक रहेको छ ।

घरेलु मैदानमा म्यानचेस्टर सिटीलाई आज जिताउन गुन्डोगनले २ गोल गरेका थिए । लिड्सका रोड्रिगोले सान्त्वना गोल फर्र्काए ।

१९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा उनै गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता पनि दोब्बर बनाएको थियो । दुवै गोलमा रियाद मेहरेजले एसिस्ट गरेका थिए ।

८५ औं मिनेटमा रोड्रिगोले १ गोल फर्काएर पनि त्यो सान्त्वना गोलमा परिणत भयो । लिड्स युनाइटेड ३० अंकका साथ तालिकाको १७ औं स्थानमा छ ।

Image