आईपीएलमा मुम्बइको पञ्जाबमाथि रोमाञ्चक र शानदार जित 

  • Image नेप्लेज
  • २१ वैशाख २०८०, बिहिवार
  • 1726 पटक हेरिएको
आईपीएलमा मुम्बइको पञ्जाबमाथि रोमाञ्चक र शानदार जित 

इन्डियन प्रिमियर लिग आईपीएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स लयमा फर्किएको छ ।

५ पटकको च्याम्पियन मुम्बईले जारी आईपीएलमा पाँचौं जित दर्ता गरेको छ । आज भएको खेलमा पञ्जाव किंग्सले दिएको  २१५ रनको ठूलो लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

मुम्बईलाई ६ विकेटले जित दिलाउने क्रममा  सूर्यकुमार यादवले ३१ बलमा ६६ र इशान किशनले ४१ बलमा ७५ रनको महत्वपूर्ण पारि खेले ।

तर, दुबै टोलीलाई जिताउन अघि नै आउट भएका थिए । तिलक वर्मा र टिम डेभिडले खेल समाप्त गरे । तिलकले विजयी छक्का प्रहार गरे ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ८२ र जितेश शर्माले ४९ रन बनाए । यो जितसँगै मुम्बई अंक तालिकाको छैठौंमा पुगेको छ ।  

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ९५ रनमा ३ विकेट गुमाएको थियो ।

जितेश शर्मा र लियाम लिभिङस्टोनले शतकीय साझेदारी गर्दै टोलीलाई २०० भन्दा माथि पुर्‍याएका थिए । 

लियाम लिभिङस्टोनले ८२ र जितेश शर्माले ४९ रन बनाए । दुवैले नटआउट रहेर टोलीको स्कोर २१५ मा पुर्‍याए ।

२ सय १५ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले पावरप्लेमा नै २ विकेट गुमाएको थियो ।

सूर्यकुमार यादव र इशान किशनले ११६ रनको साझेदारी गर्दै टोलीलाई जितको उचाइमा पुर्याएका थिए ।

मुम्बईले जित हासिल गर्नुअघि नै सूर्यकुमार र इशान आउट भएका थिए । तिलक वर्माले १० बलमा २६ र टिम डेभिडले १० बलमा १९ रन बनाए ।

चौथो नम्बरमा रहेका सूर्यकुमार यादवले इशान किशनसँग शतकीय साझेदारी गरे । सूर्य ६६ र इशान ७५ रन बनाएर आउट भएपनि टोलीलाई जितको नजिक पुर्याएका थिए ।

घरेलु मैदान मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबलाई दोस्रो ओभरमा नै झट्का लागेको थियो ।

अर्शद खानले ९ रन बनाएका प्रभसिमरन सिंहलाई क्याच आउट गरेका थिए ।

दोस्रो ओभरमा विकेटपछि म्याथ्यु शर्ट र कप्तान शिखर धवनले टोलीको इनिङ्सलाई सम्हालेका थिए । दुवैले पावरप्लेमा अरु कुनै विकेट खस्न दिएनन् र ६ ओभरमा ५० रन बनाए ।

पञ्जाबका कप्तान शिखर धवन ३० रन बनाएर आउट भए । ७ औं ओभरमा कुमार कार्तिकेयको बलमा जोफ्रा आर्चरले उनको सहज क्याच छोडे ।

उनी यस समयमा २३ रनमा थिए । उनले २ बल मात्र खेले र अर्को ओभरमा पियुष चावलाले स्टम्प आउट गरे। धवनले २० बलमा ३० रन बनाए ।

त्यसपछि पियुषले म्याथ्यु शर्टको विकेट पनि लिए । उनले आफ्नो ४ ओभरको स्पेलमा २९ रन मात्र दिए । पियुष चावलाले २ तथा अरशद खानले १ विकेट लिए ।

२१५ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सलाई पहिलो ओभरमै ठूलो झट्का लागेको थियो ।

ऋषि धवनले कप्तान रोहित शर्मालाई शून्यमा क्याच आउट गरे ।

छैटौं ओभरमा क्यामरन ग्रीन र इशान किशनले मुम्बईको स्कोर ५४ मा पुर्याए। तर ग्रीन पावरप्लेको अन्तिम बलमा नाथन एलिसको शिकार बने ।

पञ्जाबका नाथन एलिस र ऋषि धवन बाहेक सबै बलरले १० भन्दा बढीको इकोनोमी रेटमा रन दिए ।

एलिसले २ र धवनले १ विकेट लिए । अर्शदीप सिंहले एक विकेट लिए ।

मुम्बईका लागि क्यामरन ग्रीनले २३ रन बनाए । योसँगै टिम डेभिड १९ र तिलक वर्मा २६ रनमा नटआउट भए ।

आईपीएलको सुरुवाती खेलमा सुर्यकुमार यादव आउट अफ फर्म देखिएका थिए ।

तर पछिल्ला ४ खेलमा उनले ३ अर्धशतक बनाएर आफ्नो फर्ममा फर्केको प्रमाण दिएका छन् । 

उनले सिजनमा पञ्जाबविरुद्ध दोस्रो अर्धशतक हाने, यसअघि उनले राजस्थानविरुद्ध पनि अर्धशतक हानेका थिए।

सूर्यले अन्तिम ४ खेलअघि पहिलो ५ खेलमा ३० रनको अंक पनि पार गर्न सकेनन् ।

सूर्य ३१ बलमा ६६ रन बनाएर नाथन एलिसको शिकार बने । थर्ड म्यानको बल अफ स्टम्पबाहिर प्रहार गर्ने प्रयासमा उनी थर्ड म्यान फिल्डरले समातेका थिए ।

सूर्यले इशान किशनसँग ५५ बलमा ११६ रनको साझेदारी पनि गरे ।