न्युजिल्याण्डविरुद्धकाे ५ खेलको एक दिवसीय सिरिजमा पाकिस्तानले अग्रता लिएको छ ।
गएराति रावलपिण्डीमा खेलिएको पाँच खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २८८ रन बनाएको थियो ।
जवाफमा पाकिस्तानले ४८.३ ओभरमा ५ विकेट गुमाएर २९१ रन बनायो ।
पाकिस्तानी ब्नयाटर फखर जमानले उत्कृष्ट शतक प्रहार गरे ।

टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले राम्रो सुरुवात गरेको थियो ।

विल योङ र चाड बोवेसको ओपनिङ जोडीले पहिलो विकेटका लागि ९.४ ओभरमा ४८ रन जोडे ।
बोवेस १८ रन बनाएर हरिस रउफको शिकार बने ।
यंगलाई डेरिल मिचेलले साथ दिए र दुबै ब्याट्सम्यानले न्युजिल्याण्डको स्कोर १५० मा पुर्याए ।
शतकको नजिक गएर ८६ रन बनाएर योङ आउट भए ।
उनी र मिचेलबीच १०२ रनको साझेदारी थियो।
मिचेलले पनि आफ्नो अर्धशतक पूरा गर्न सफल भए ।

टम लाथमसँग तेस्रो विकेटका लागि ७२ रन जोडेर स्कोरलाई २०० भन्दा माथि पुर्याए।
लाथम २० रन बनाएर आउट भए । उत्कृष्ट फर्ममा रहेका मार्क च्यापम्यानको ब्याटमा १५ रन मात्रै आयो ।
डेरिल मिचेलले उत्कृष्ट ब्याटिङ गर्दै ११५ बलमा ११३ रन बनाए ।
यो उनको एकदिवसीय करियरको पहिलो शतक पनि हो ।
हेनरी निकोल्स २० रनमा अविजित रहे ।
पाकिस्तानका लागि शाहिन अफ्रिदी, नसिम शाह र हरिस रउफले २–२ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका लागि फखर जमान र इमाम उल हकको जोडीले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि १२४ रन जोडे।
६५ बलमा ६० रन बनाएर इमाम ईश सोधीको शिकार बने ।
फखरले कप्तान बाबर आजमको साथ पाए र दुबैले दोस्रो विकेटका लागि ९० रन जोडेर स्कोरलाई २०० भन्दा माथि पुर्याए ।
बाबर ४९ रन बनाएर २१४ रनको स्कोरमा पभेलियन फर्किए ।
शान मसुदले १ रन मात्र बनाउन सके ।
फखरले उत्कृष्ट इनिङ खेल्दै शतक प्रहार गर्दै ११७ रन बनाए ।
आगा सलमान ७ रन बनाएर ब्लेयर टिकनरको शिकार बने ।
मोहम्मद रिजवानले ३४ बलमा अविजित ४२ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए ।
न्यूजिल्याण्डका एडम मिल्नेले दुई विकेट लिए ।
यो पाकिस्तानको ५०० औं एकदिवसीय जित पनि हो।