इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेड केहीबेरमै चौथो स्थानमा पुगेको छ । न्युक्यासल र म्यानचेस्टर दुवैको समान ५६ अंक रहेको छ ।
न्युक्यासलले आज ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले पराजित गरेको हो ।
न्युक्यासलको जितमा एक गोल उपहार प्राप्त भएको थियो ।
पहिलो हाफको अन्तिम समयमा इभान टोनीले पेनाल्टीमाफर्त गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनैले २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भएका थिए ।
५४ औं मिनेटमा डेभिड रायाले ब्रेन्टफोर्डकै पोस्टमा गोल गरेपछि उपहार पाएको थियो, न्यूक्यासलले ।
६१ औं मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासल २–१ ले विजयी भयो ।