पीएनजीको लगातार तेस्रो हार, जर्सीले पहिलो जित निकाल्यो 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-१८
  • |
  • 324 पटक हेरिएको

नामेवियामा जारी आईसीसी विश्वकप छनोटको प्ले अफमा जर्सीले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ११ रनले पराजित गरेको हो ।  

लगातार २ खेलमा पराजित भएको जर्सीले तेस्रो खेलमा जित निकाल्दै पाँचौं स्थानमा रहेको छ । पहिला ब्याटिङ गरेको जर्सीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २९१ रन बनाएको थियो ।

जवाफमा पीएनजी ९ विकेट गुमाएर २८० रनमा रोकिन पुग्यो । पीएनजीको यो लगातार तेस्रो हार हो ।
पहिला ब्याटिङ गरेको जर्सीका लागि २ जना खेलाडीले शतकीय पारि खेले ।

जर्सीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २९१ रन बनाएको थियो ।  जर्सीका जोस लरेनसन ११४ रनमा आउट भएका थिए । यसैगरी एशा ट्रेब ११५ रनमा नटआउट रहे । यसैगरी हेरिसन कार्लोनले २६ रन जोड्दा निक ग्रीनवुडले १४ रन बनाए ।

May be an image of 3 people, people playing sports and people standing

पीएनजीका सिमो केमा र चाड सुपरले दुई दुई विकेट लिए । जवाफमा पीएनजीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८० रनमात्रै बनाउन सक्यो । रेली हेकुरेले सर्वाधिक ५८ रन बनाउँद्या चाल्स अमेनीले ५४ रनको पारि खेले ।

यसैगरी कप्तान असद भालाले ७५ रनको पारि खेल्दा पनि जित निकालन पर्याप्त भएन । 
जर्सीका जुलियस सुमरियर, इलियट मिल्स र चार्लेस पेचार्डले समान २–२ विकेट लिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey