पहिलो संस्करणको महिला आईपीएल उपाधि मुम्बईको पोल्टामा

  • Image नेप्लेज
  • १३ चैत्र २०७९, सोमवार
  • 542 पटक हेरिएको
पहिलो संस्करणको महिला आईपीएल उपाधि मुम्बईको पोल्टामा

महिला संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

गयराति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बईले पहिलो संस्करणकै उपाधि हात पारेको हो ।

दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाएर १३४ रन बनाउँदै पूरा गरेको थियो । 

इंग्ल्याण्डकी अनुभवी खेलाडी नताली सिभर ब्रन्टले मुम्बईलाई च्याम्पियन बनाइन् ।

उनले दबाबमा यादगार इनिङ खेलिन् ।

नतालीले ५५ बलमा अविजित ६० रन बनाइन् । मुम्बई फ्रेन्चाइजको खातामा यो छैटौं ट्रफी हो ।

मुम्बईको पुरुष टोली आईपीएलमा पाँच पटक च्याम्पियन बनेको छ ।

नतालीले अमेलिया केरसँग चौथो विकेटका लागि २० बलमा अविजित ३९ रनको साझेदारी गरिन् ।

अमेलिया केर आठ बलमा १४ रनमा अविजित रहिन् । नतालीले यसअघि तेस्रो विकेटका लागि कप्तान हरमनप्रीत कौरसँग ७४ बलमा ७२ रनको साझेदारी गरेकी थिइन् ।

Mumbai Indians were crowned champions after beating Delhi Capitals by seven wickets in the final, Delhi Capitals vs Mumbai Indians, final, Brabourne, Women's Premier League, March 26, 2023

हरमनप्रीत ३९ बलमा ३७ रन बनाएर आउट भइन् । हिली म्याथ्युजले १३ र यास्तिका भाटियाले चार रन बनाएका थिए । दिल्लीका लागि राधा यादव र जेस जोनासेनले एक–एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीको सुरुवात निकै खराब रह्यो । शेफाली वर्मा दोस्रो ओभरमा नै ११ रन बनाएर आउट भइन् । त्यसको दुई बलपछि एलिस क्याप्सी पनि खाता नखोल्दै प्याभिलियन फर्किइन् । फुल टस बलमा इस्सी वोङले दुवै विकेट लिइन् । त्यसपछि कप्तान ल्यानिङले जेमिमा रोड्रिग्जसँग मिलेर इनिङ सम्हालेका थिए । तर पाँचौं ओभरमा वोङको फुल टसमा जेमिमा पनि ९ रनमा आउट भइन् ।  

Harmanpreet Kaur with the trophy after Mumbai Indians won the inaugural WPL, Delhi Capitals vs Mumbai Indians, final, Brabourne, Women's Premier League, March 26, 2023

पावरप्लेमा दिल्लीको टोलीले तीन विकेट गुमाएर ३८ रन मात्र बनाउन सक्यो । यसपछि ल्यानिङ र मारिजन क्यापको अनुभवी जोडीले ३८ रनको साझेदारी गरे पनि क्याप १८ रन बनाएर अमेलिया केरको शिकार बनिन् । त्यस समयमा दिल्लीको स्कोर ७३ रन थियो । यसपछि दिल्लीले ६ रनमा पाँच विकेट गुमाउँदा टोलीको स्कोर १५.६ ओभरमा ९ विकेट गुमाएर ७९ रन पुगेको थियो ।
क्याप आउट भएपछि कप्तान ल्यानिङ ३५ रनमा रनआउट भए र फर्किनेबित्तिकै सम्पूर्ण टोली दबाबमा परेको थियो । सबै ब्याटरले गलत शट खेल्दै विकेट गुमाएका थिए र टिम संकटमा परेको थियो ।
एक समय दिल्लीको टोलीले १०० रन पनि बनाउन नसक्ने देखिएको थियो ।  

There were celebrations in the Mumbai camp after they won the inaugural WPL, Delhi Capitals vs Mumbai Indians, final, Brabourne, Women's Premier League, March 26, 2023

तर शिखा पाण्डे र राधा यादवले अन्तिम विकेटका लागि अविजित ५२ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई फाइटिङ स्कोरमा पु¥याएका थिए । शिखा पाण्डेले १७ बलमा २७ रन र राधा यादवले १२ बलमा २७ रन जोडिन् । दिल्लीको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाउन सफल भयो ।

मुम्बई इन्डियन्सका लागि इस्सी वोङ र हेली म्याथ्युजले सर्वाधिक ३–३ विकेट लिए । तर, वोङले पनि चार ओभरमा ४२ रन दिए । योसँगै म्याथ्युजले चार ओभरमा पाँच रन मात्र दिए र दुई मेडन ओभर गरिन् । वोङले दिल्लीको शीर्ष क्रमलाई ध्वस्त पारिन्, जबकि म्याथ्युजले तल्लो अर्डरलाई पभेलियन फर्काइन् ।  यी दुई बाहेक अमेलिया कारले पनि दुई महत्वपूर्ण विकेट लिइन् । दिल्लीकी कप्तान ल्यानिङ रनआउट भइन् ।