ला लिगामा बार्सिलोना विजयी

  • Image नेप्लेज
  • २९ फाल्गुण २०७९, सोमवार
  • 429 पटक हेरिएको
ला लिगामा बार्सिलोना विजयी

नेप्लेज ।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ ।

सोमबार विहान सकिएको खेलमा बार्सिलोनाले एथ्लेटिको विलबाओलाई १–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक थप गरेको छ ।

बार्सिलोनालाई जिताउनका लागि पहिलो हाफको अतिरिक्त समयमा राफिनाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । 

Image

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा २५ खेलबाट ६५ अंक बनाएको छ भने पराजित भएको एथ्लेटिको बिलबाओ समान खेलबाट ३३ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ ।

बार्सिलोना र दोस्रो  स्थानमा रहेको रियल मड्रिडबीच ९ अंकको अन्तर भएको छ ।