नेप्लेज । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लय समात्दा लेस्टर सिटीले भने खराब लयलाई कायमै राखेको छ ।
गयराति भएको खेलमा चेल्सीसँग लेस्टर सिटी ३–१ गोल अन्तरले पराजित भयो । लेस्टरका लागि वेन्जामिन चिलवेल, केइ हार्भाटेज र माटोए कोभेइले एक एक गोल गर्दा लेस्टरका पाटसन डाकाले एक गोल फर्काए ।
११ औं मिनेटमा बेन्जामिनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा लेस्टरका पाटसनले बराबरी गोल फर्काए । पहिलो हाफको अतिरिक्त समयमा चेल्सीका हार्भाटेजले गोल गरेपछि पहिलो हाफमा चेल्सी २–१ ले अघि रहेको थियो । चेल्सीले दोस्रो हाफमा १ गोल थपेको थियो ।
उसका लागि माटोएले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । तर, लेस्टर ८७ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । उसका फेलिक्स लीना दोहोरो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदान छाडेका थिए ।
जितपछि चेल्सी २६ खेलबाट ३७ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने पराजित भएको लेस्टर सिटी २६ खेलबाट २४ अंकका साथ तालिकाको १६ औं स्थनमा छ ।