युईएफए युरोपा लिग फुटबलको राउन्ड अफ सिक्सटीको पहिलो लेगमा युभेन्टस विजयी भएको छ ।
आज विहान सकिएको खेलमा युभेन्टसले फेरिबर्गगलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल युभेन्टसले दोस्रो हाफमा गरेको हो ।
५३ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।
सोही अग्रता अन्तिमसम्म कायम राख्दै युभेन्टसले पहिलो लेगमा १–० को जित आत्मसाथ गर्न सफल भयो ।
दोस्रो लेग मार्च १६ मा हुने छ ।