इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानमा रहेको नापोलीले सहज जित निकालेको छ।
आज विहान सकिएको खेलमा नापोलीले क्रेमोनिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै नापोली शीर्ष स्थानमा २२ खेलबाट ५९ अंक बनाउन सफल भयो।
जुन दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा १६ अंकले धेरै पनि रहेको छ।
केभिचा कभारेस्किेलियाले गोल गर्दै नापोलीलाई २१ औं मिनेटमा अग्रता दिलाएका थिए।
दोस्रो हाफमा २ गोल थपेको थियो। भिक्टर जेम्सले ६५ औं मिनेटमा गोल गरेपछि नापोली २–० ले अघि बढेको थियो।
इलजिफ एल्मसलले ७९ औं मिनेटमा गोल गरेपछि नापोली ३–० को सहज जित निकालन सफल भयो।
पराजित भएको क्रेमोनिज पुछारमा रहेको छ।