चेल्सी बराबरीमा रोकियो

  • Image नेप्लेज
  • २८ माघ २०७९, शनिवार
  • 392 पटक हेरिएको
चेल्सी बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा चेल्सीलाई वेष्ट ह्याम युनाइटेडसँग एक एक गोलकोे बराबरीमा रोकेको छ ।

चल्सीले सुरुवाती अग्रता जोगाउन सकेन ।

खेलको १६ औं मिनेटमा चेल्सीले अग्रता बनाएको थियो ।

उसका लागि जाओ फेलिक्सले गोल गरेका थिए । फेलिक्सले इन्जो फर्नान्डेजको पासमा गोल गरेका हुन् ।

एक गोलले पछि परेको वेष्ट ह्यामले खेलको २८ औं मिनेटमा बराबरी गोल गर्यो ।

जारोड बेनोनको पासमा इर्मशनले गोल गरेका हुन् ।

बराबरीसँगे चेल्सीको २२ खेलबाट ३१ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ भने १५ औं स्थानमा रहेको वेष्ट ह्यामको २० अंक रहेको छ ।

आर्सनल ५१ अंकसहित शिर्षस्थानमा रहँदा म्यानचेष्टर सिटि ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।