ला लिगामा रायो भालकानोको सहज जित

  • Image नेप्लेज
  • २४ माघ २०७९, मङ्गलवार
  • 652 पटक हेरिएको
ला लिगामा रायो भालकानोको सहज जित

स्पेनिस ला लिगा फुटबलबमा रायो भालकानो विजयी भएको छ ।

गयराति भएको खेलमा रायो भालकानोले अल्मेरियामाथि २–० को जित निकाल्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

घरेलु मैदानमा रायो भाल्कानोले उपहार गोलमार्फत अग्रता लिएको थियो ।

५४ औं मिनेटमा रोड्रिगोले आफ्नै पोस्टमा गोल गरेका थिए ।

६३ औं मिनेटमा एल्भारो ग्रासियाले गोल गरेपछि अग्रता दोब्बर भएको थियो ।

Image

जितसँगै रायो भाल्कानो ३२ अंकका साथ तालिकाको ५ औं स्थानमा उक्लिएको छ भने अल्मेरिया २२  अंकका साथ तालिकाको १४ औं स्थानमा रहेको छ ।

ला लिगामा बर्सिलोना ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । 

Image

सम्बन्धित खबर