इटालियन सिरि ए फुटबलमा भेरोना र लाजियोले अंक बाँडेका छन् ।
गयराति भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै तालिकामा पनि १–१ अंक थप्न सफल भए ।
४५ औं मिनेटमा पेड्रो रेड्रिगेजले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको सुरुतिरै भेरोनाले बराबरी गोल फर्काएको थियो ।
५१ औं मिनेटमा भेरोनाका लागि क्रिल एनगोनीले गोल गरेका थिए ।
त्यसपछि दुवैतर्फबाट गोल नभएपछि अंक बाँड्न बाध्य बने ।
यो बराबरीले लाजियोले तेस्रो स्थानमा उक्लने मौका गुमायो ।
लाजियो ३९ अंकका साथ चौथो स्थानमा रहेको छ भने भेरोना १४ अंकका साथ रेलिगेशन जोनमा रहेको छ।
यस्तै अर्को खेलमा मोन्जा र साम्पडोरियाले पनि अंक बाँडेका छन् ।
दुवै टिमले २–२ गोलको बराबरी खेले ।
मोन्जाले दोस्रो हाफको अतिरिक्त समयको पनि अन्तिम समयमा पेनाल्टीमार्फत बराबरी गर्दै अंक बाँडेको हो ।
मोन्जा १० औं स्थानमा रहेको छ भने साम्पाडोरिया पुछारबाट दोस्रो स्थानमा छ ।