इंग्ल्याण्ड क्लिन स्वीपबाट जोगियो

  • Image नेप्लेज
  • १९ माघ २०७९, बिहिवार
  • 543 पटक हेरिएको
इंग्ल्याण्ड क्लिन स्वीपबाट जोगियो

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी भएपछि क्लिनस्वीप हुनबाट जोगिएको छ ।

लगातार २ खेल गुमाएको इंग्ल्याण्डले सिरिज २–१ ले घरेलु टोली दक्षिण अफ्रिकालाई सिरिज सुम्पियो ।

टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३४६ रन बनाएको थियो ।

इंग्ल्याण्डका दुई खेलाडीले शतकीय पारि खेले । ओपनिङ आएका डेभिड मलान ११८ रन बनाएर पभेलियन फर्किएका थिए भने मध्यक्रममा कप्तान जोश बटलरले १३१ रनको सानदानर पारि खेले ।

यसैगरी मोइन अलिले ४१ रन बनाउँदा साम कुरान र आदिल रसिदले ११–११ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ४ विकेट लिँदा माक्रो जेनसनले २ विकेट लिए ।

जवाफमा घरेलु टोली दक्षिण अफ्रिका ४३.१ ओभरमा २८७ रनमा रोकिन पुग्दा इंग्ल्याण्ड ५९ रनले विजयी भयो ।

उसका लागि हेनरिच कलासेनले सर्वाधिक ८० रन बनाउँदा रेजा हेन्डरकिले ५२ रन बनाए ।

यस्त एडेन मार्करमले ३९ रन जोड्दा टेम्बा बामुभाले ३५ रन बनाए । 

इंग्ल्याण्डका जोफ्रा आर्चरले ६ विकेट लिए । यसैगरी आदिल रसिदको नाममा ३ विकेट रह्यो । 

सम्बन्धित खबर