लिभरपुलको पोष्टमा ब्राइटनको ३ गोल 

  • Image नेप्लेज
  • ३० पौष २०७९, शनिवार
  • 801 पटक हेरिएको
लिभरपुलको पोष्टमा ब्राइटनको ३ गोल 

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । आज भएको खेलमा लिभरपुल ब्राइटनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जितसँगै ब्राइटनले लिभरपुललाई तालिकामा उछिन्दै सातौं स्थानमा पुगेको छ । लिभरपुल भने आठौं स्थानमा रहेको छ । यी दुई टिमको बीचमा २ अंकको फरक रहेको छ । ब्राइटनले १८ खेलबाट ३० अंक बनाएको छ ।

ब्राइटनले घरेलु मैदानमा पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै ब्राइटनले लय लिएको थियो । ४६ औं मिनेटमा ब्राइटनका लागि सोलमन मार्चले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ब्राइटनले अग्रता पनि दोब्बर बनायो । यसैगरी डेनी वेलबेकले ८१ औं मिनेटमा गोल थपेपछि ब्राइटनले लिभरपुलमाथि ३–० को शानदार जीत दर्ता गर्न सफल भयो । 

Solly stands in front of a euphoric North Stand after scoring his second. LIMBS.

प्रिमियर लिग अन्तर्गत आज भएको अन्य खेलहरुमा उल्भसले वेस्टह्यामलाई १–० गोल अन्तरले पराजित गर्दा नटिङघम फरेस्टले लेस्टर सिटीलाई २–० को पराजय भोग्न बाध्य बनायो । यसैगरी साउथह्याम्पटनसँग इभर्टन २–१ गोल अन्तरले स्तव्ध हुँदा म्यानचेस्टर डर्बीमा युनाइटेडले २–१ को बाजी मार्न सफल भयो ।

***
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्वीमा युनाइटेडले बाजी मारेको छ । आज भएको खेलमा दोस्रो स्थानको सिटीलाई पराजित गर्दै युनाइटेड तेस्रो स्थानमा उक्लिएको छ । साथै युनाइटेडले अंक तालिकामा सिटिसँगको दूरी १ मा पनि झारेको छ भने शीर्ष स्थानको आर्सनलसँग ६ अंकको दूरी कायम गरेको छ । पराजित भएको सिटीले शीर्ष स्थानको आर्सनलसँग अंकदूरी कम गर्न असफल रह्यो ।

युनाइटेडले घरेलु मैदानमा सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

६० औं मिनेटमा ज्याक ग्रिलिसले केभिन डी ब्रुइनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर ७८ ओं मिनेटमा कासेमिरोको पासमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडले खेल १–१ को बराबरीमा ल्याएको थियो । वल्डटाफोर्डमा ८२ औं मिनेटमा मार्कस रासफोर्डले एलेजान्ड्रो फरेराको पासमा गोल गर्दै २–१ को जित पक्का गराए ।