इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
गयराति भएको खेलमा फुलह्यामसँग चेल्सी २–१ गोल अन्तरले पराजित भएको हो ।
फुलह्यामले २५ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।
उसका विलियनले गोल गरेपछि पाहुना टोली चेल्सी पछि परेको थियो ।
पहिलो हाफमा १ गोल भएको खेलमा दोस्रो हाफमा २ गोल भएको थियो ।
४७ औं मिनेटमा कलउड कुलब्लीले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए ।
तर, ७३ औं मिनेटमा कार्लोस भेनिसिएसले गोल गर्दै अग्रता २–१ बनाए ।
सोही अग्रता अन्तिमसम्म जोगाउँदै फुलह्यामले स्पष्ट ३ अंक लिन सफल भयो।
फुलह्याम ३१ अंकसहित छैटौ स्थानमा रहेको छ भने पराजित भएको चेल्सी २५ अंकसहित १० औं स्थानमा छ ।
चेल्सी २०२३ लागेपछि लगातार ३ खेलमा पराजित भएको छ ।
जसमा दुई खेल म्यानचेस्टर सिटीसँग रहेको छ ।
सिटीसँग प्रिमियर लिग र एफए कप दुवैमा पराजय भोगेको हो ।