चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-२६
  • |
  • 428 पटक हेरिएको

चौथो मेयर कप रात्रिकालिन टेबल टेनिस प्रतियोगिता आज सोमबारबाट ललितपुर १२ स्थित ह:खा टोलमा शुरु भएको छ।

रातीको समय हुने विशिष्ट शैलीको यो प्रतियोगिताको चौथो संस्करणको उद्घाटन ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो।

प्रतियोगिताको पहिलो दिन मेन्स टिम इभेन्ट्स र भेट्रान्स टिम इभेन्टसका खेलहरु सञ्चालन भएको छ।

जस अन्तर्गत मेन्स टिम इभेन्ट्समा वडा नम्वर २० ले ११ लाई, वडा नम्वर १६ ले ६ लाई, बडा नम्वर ९ ले ८ लाई पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन्। १२ वडाले भने वाई पाएको थियो। 

त्यसैगरी मेन्स टिम इभेन्ट्समा वडा नम्वर १८ ले १७ लाई, बडा १३ ले ११ लाई पन्छाउँदै क्वार्टर फाइनलमा पुगे।  

६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १३ इभेन्ट्स समावेश गरिएको छ। त्यसमा ललितपुरका २९ वटा वडाबाट करिब ५ सय खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।

हरेक वडाका खेलाडीहरुले उत्साहपुर्वक सहभागिता जनाउने अनि सम्वन्धित वडाले राम्ररी सहयोग गर्ने यो प्रतियोगिताबाट थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन हुंदै आएको छ।

हाल ललितपुर जिल्लाबाट उत्पादन भएका खेलाडीहरु संयोग कपाली, रुविन महर्जन, इभाना थापा राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरु हुन्। त्यस्तै रविन्द्र शाक्य, राजेन्द्र कपाली, पुरुषोत्तम बज्राचार्य जस्ता राष्ट्रिय खेलाडी पनि ललितपुर जिल्लाका उत्पादन हुन्।

ललितपुर उपमहानगर पालिकाका मेयर तथा उद्घाटन समारोहका प्रमुख अतिथी चिरिबाबु महर्जनले वडा स्तरिय प्रतिस्पर्धा भएपनि यसले देशको टेबल टेनिसलाई ठूल्ठूला खेलाडीहरु उत्पादन गरेर टेवा पुर्याइरहेको बताए।

रात्रीकालिन टेबल टेनिस ललितपुरको इतिहाससंग जोडिएको प्रतियोगिता हो। ४० को दशकदेखि शुरु भएको यो खेल विचमा केही समय अवरुद्ध भएपनि अहिले पुन: निरन्तरता पाएको हो।

यसअघि ललितपुर वडा नम्वर १२ का अध्यक्ष नारायणलाल अवालेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथी ललितपुर उपमहानगर पालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुरका प्रदेश साँसद रामकृष्ण चित्रकार, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष सुदिल शाही, युवा क्लब ह:खाका अध्यक्ष पदमराज शाक्य, ललितपुर जिल्ला टेबल टेनिस संघका सचिव राजेन्द्र कपालीले मन्तब्य ब्यक्त गरेका थिए।   

 

 

 

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal