एफए कप फुटबलमा आर्सनल चौथो चरणमा प्रवेश गरेको छ ।
आज विहान सकिएको खेलमा आर्सनलले अक्सफोर्ड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ३ गोल नै दोस्रो हाफमा भएका हुन् ।
दोस्रो हाफमा एडवर्ड एनकेटियाले २ गोल गर्दा मोहमद एलिनीले एक गोल गरेका थिए ।
६३ औं मिनेटमा मोहमद एलिनीले फावियोको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
७० ओं मिनेटमा फावियोकै पासमा एडवर्डले गोल गर्दै अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा एडवर्डले व्यक्तिगत गोल गर्दै ३–० को जित पक्का गरे ।