भारत र श्रीलंकाबीचको दोस्रो टी २० आज 

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-०९-२१
  • |
  • 462 पटक हेरिएको

भारत र श्रीलंकाबीचको तीन टी–२० खेलको सिरिजको दोस्रो खेल आज हुँदै छ । पहिलो खेलमा २ रनको रोमाञ्चक जित हात पारेको भारत आज पनि जित निकाल्दै सिरिज आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेको छ । भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरुहुने छ ।

आज भारत विजयी भएमा श्रीलंकाविरुद्धको चौथो द्विपक्षीय शृंखला जित्नेछ । उता, श्रीलंका पनि आजको खेल जित्दै सिरिज १–१ को बराबरीमा ल्याउने प्रयासमा हुने छ ।

मुम्बईमा भएको पहिलो खेलमा फिल्डिङका क्रममा घाइते भएका सञ्जु सामसनको स्थानमा पञ्जाब किंग्सका विकेटकिपर जितेश शर्मालाई टोलीमा समावेश गरिएको छ ।

भारत र श्रीलंकाबीच हालसम्म एकभन्दा बढी खेलको ६ वटा द्विपक्षीय शृङ्खला खेलिएको छ । ४ मा भारत र १ मा श्रीलंका विजयी भएको थियो । एक शृङ्खला ड्र भएको थियो ।  श्रीलंकाको टोलीले अहिलेसम्म भारतलाई एउटै सिरिजमा हराउन सकेको छैन । यस्तो अवस्थामा एशिया कप च्याम्पियन श्रीलंकाले बाँकी दुवै खेल जितेर भारतमा पहिलो टी–२० सिरिज जित्ने कीर्तिमान बनाउने अवसर पनि रहेको छ ।

श्रीलंकाको टोली भारतसँग लगातार ११ टी–२० खेलमा पराजित भएको छ । श्रीलंकन टोलीले भारतविरुद्धको अन्तिम टी–२० जित सन् २०१६ मा जितेको थियो । दुई देशबीच समग्रमा २७ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । भारतले १८ र श्रीलंकाले ८ जित हात पारेको छ । एक खेल अनिर्णित रह्यो । भारतमा भएको टी–२० म्याचको कुरा गर्दा दुवै टोलीले १५ पटक आमनेसामने गरेका थिए । भारतले १२ र श्रीलंकाले २ जित हात पारेको छ । एक खेल अनिर्णित रह्यो ।

पहिलो टी–२० मा छनोटका लागि उपलब्ध नभएका अर्शदीप सिंह दोस्रो खेलमा छनोटका लागि उपलब्ध छन् । सञ्चारमाध्यमका अनुसार बिरामी भएका कारण उनले पहिलो खेल खेल्न पाएनन् । यदि उनी दोस्रो खेल खेल्न आए भने शिवम मावी वा पहिलो टी–२० मा डेब्यू गरेका उमरान मलिकमध्ये एकलाई बाहिर बस्नुपर्ने हुन सक्छ ।  

पुनेको मैदानमा हालसम्म तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा पछि ब्याटिङ गर्ने टोलीले दुई पटक जित निकालेको छ ।  

सम्भावित प्लेइङ ११ 

भारतः हार्दिक पाण्ड्या (कप्तान), इशान किशन (विकेटकिपर), ऋतुराज गायकवाड, शुभमन गिल, सूर्यकुमार यादव, दीपक हुडा, अक्षर पटेल, हर्षल पटेल, शिवम मावी, युजवेन्द्र चहल÷अर्शदीप सिंह र उमरान मलिक।

श्रीलंकाः दासुन शनाका (कप्तान), कुसल मेन्डिस (विकेटकिपर), पथुम निसान्का, अविष्का फर्नान्डो, भानुका राजपाक्षे, धनञ्जय डी सिल्भा, वानिन्दु हसरंगा, चमिका करुणारत्ने, लाहिरु कुमारा, दिलशान मदुशंका र महिश तेकस।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey