इटालियन सिरिए फुटबलमा शीर्ष स्थानको नापोली पराजित भएको छ ।
आज विहान सकिएको खेलमा नापोली चौथो स्थानमा रहेको इन्टरमिलानसँग १–० गोल अन्तरले पराजित भएको हो ।
पराजित भए पनि नापोली शीर्ष स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको नापोलीको ४१ अंक रहेको छ भन इन्टर मिलानको ३३ अंक भएको छ ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको नापोलीले दोस्रो हाफमा गोल खान पुग्यो ।
घरेलु मैदानमा इन्टरले ५६ औ मिनेटमा इडेन डेकोले गोल गर्दै अग्रता दिलाएका थिए ।
सोही अग्रता अन्तिमसम्म जोगाउँदै इन्टरले स्पष्ट ३ अंक जोड्न सफल भयो ।
यस्तै इटालियन सिरिए अन्तर्गतका अन्य खेलाहरुमा युभेन्टसले क्रिमोन्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
उडिनेस र एमपोलीले १–१ गोलको बराबरी खेल्दा फ्लोरेन्टिना र मोन्जाले पनि १–१ गोलकै बराबरी खेले ।
यस्तै लिचले लाजियोलाई २–१ गोल अन्तरले पराजित गर्दा स्पेजिया एटलान्टाले २–२ गोलको बराबरी खेल्दा रोमाले बोलगनोलाई १–० ले पराजित गरेको थियो ।
टारिनो र भेरोनाले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।