लुम्बिनीले दियो मधेशलाई २२३ रनको लक्ष्य,प्रज्वलको अर्धशतक 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१७
  • |
  • 394 पटक हेरिएको

वाई वाई  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई २२३  रनको लक्ष्य दिएको छ ।  


त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २२२ रन बनायो ।  जसमा प्रज्वल थापाले अर्धसतकीय पारी खेल्दै सवौधिक ८५ रन बनाए ।  

मधेशका निकेश गुप्ताले ३, नितेश यादवले २,अभिषेख तिवारीले २ विकेट लिए ।  

लुम्बिनीलाई फाइनल पुग्न आजको खेल जित्नै पर्ने दबााव छ ।

लुम्बिनी ५ खेलबाट ४ जितका साथ ८ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा छ ।  

बागमतीको पनि ४ खेलबाट ८ अंक भएपनि रनरेटका आधारमा लुम्बिनीभन्दा पछि रहेको छ ।  

लुम्बिनीले आजको खेल हारेमा बागमतीसंग रनरेट बढी भए मात्रै फाइनल पुग्छ । 

सुदूरपश्चिम भने सबै छ खेल जित्दै फाइनलमा पुगिसकेको छ ।  


फाइनल खेल सोमबार हुनेछ ।  

उपाधि जित्नेले २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey