दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा, जितेर पनि उरुग्वे असफल 

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-०८-१६
  • |
  • 1607 पटक हेरिएको

कतारमा जारी फिफा विश्वकप फुटबलबाट एशियाली राष्ट्र दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै कोरिया ४ अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

आजको खेलमा पोर्चुगलले सुरुआती अग्रता लिएको थियो । उसका लागि रिकार्डो होर्टाले गोल गर्दा कोरियाका लागि किम योङ जोनले एक गोल फर्काएका थिए ।

पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डोले गोल गर्दै अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा कोरियाका लागि किमले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ यी चानले गोल गरेपछि जित दर्ता गर्दै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

यस्तै यही समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० गोल अन्तरले पराजित गरेको थियो । तर गोल अन्तरले पछि परेपछि उरुग्वे अन्तिम १६ मा प्रवेश गर्न असफल रह्यो ।

उरुग्वे र घानाबीचको खेलको नतिजा नआउँदासम्म कोरियाका खेलाडीहरुले मैदानमा मोबाइलमा म्याच हेरेका थिए । 

याे नतिजापछि उरुग्वे र दक्षिण काेरियाकाे समान ४ अंक भएकाे थियाे । 

Group HGroup HGroup HGroup HNo description available.

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey