फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि भीमेश्वर एकेडेमीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१६
  • |
  • 584 पटक हेरिएको

भीमेश्वर एकेडेमीले जुनियर गल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा भीमेश्वरले अर्किडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्‍यो निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । निर्मल ज्योतिले तेश्रो स्थानमा चित्त बुझायो ।

माडे स्कुलले अनुशासित टिमको ट्रफी हात पार्‍यो । खेल निर्णायक संगिता सुनुवार र दिलकुमार तामाङले सञ्चालन गरेका थिए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, आयोजकका अध्यक्ष अमृत खड्का, प्रतियोगिता संयोजक रञ्जन न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको अर्किडका सञ्चालक प्रेमकुमरा भुजेलले जनाएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey