आर्सनलकाे जित

  • Image नेप्लेज
  • १८ कार्तिक २०७९, शुक्रवार
  • 612 पटक हेरिएको
आर्सनलकाे जित

युइएफए युरोपा लिग फुटबलमा आर्सनल विजयी भएको छ । 

गयराति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

 सोही अग्रता आर्सनलले अन्तिमसम्म जोगाउँदै टिमलाई क्वाटरफाइन्लमा पुर्‍याएको छ । आर्सनलले समूह चरणमा १५ अंक जोड्दै आफूलाई शीर्ष स्थनमा राख्न सफल भएको हो । 

Kieran Tierney and Aaron Ramsdale celebrate our opening goal against FC Zurich

यही समूहमा रहेको पीएसभी दोस्रो स्थानमा रहँदा बोडो र जुरिच क्रमश तेस्रो र चौथो स्थानमा रहे । गयराति नै भएको खेलमा पीएसभीले बोडोमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।