बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा

  • Image नेप्लेज
  • १४ कार्तिक २०७९, सोमवार
  • 435 पटक हेरिएको
बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ ।

गयराति भएको खेलमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिए पनि रियल बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

खेलअघि बार्सिलोना र रियलको समान ३१ अंक रहे पनि गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा रहेको थियो ।

बराबरीसँग १ अंक थप्दै रियल ३२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

जिरोनाविरुद्धको खेलमा रियलले ७० औं मिनेटमा अग्रता लिएको थियो ।

Image

उसका लागि भिनिसियस जुनियरले गोल गरेका थिए । तर, ८० औं मिनेटमा जिरोनाले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई क्रिस्टियन स्टुनीले गोलमा परिणत गरेपछि दुवै टिमले बराबरीमा चित्त बुझाए । 

रियलका टोनी क्रुसले ९१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदान छाडेका थिए ।

ला लिगाको तालिकामा जिरोना १० अंकसहित १६ औं स्थानमा छ । 

सम्बन्धित खबर