इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ ।
सिटीको घरेलु मैदानमा जित निकाल्न एर्लिङ हालान्डले २ गोल गर्दै केभिन डी ब्रुइनले १ गोल थपेका थिए ।
ब्राइटनका लियोनादो ट्रोसार्डले १ गोल फर्काए ।
२२ औं मिनेटमा हालन्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
यसैगरी उनै हालन्डले ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दैै सिटीको अग्रता दोब्बर बनाए ।
५३ औं मिनेटमा ट्रोसान्डले गोल फर्काउँदै अग्रता २–१ मा झारेका थिए ।
७५ औं मिनेटमा ब्रुइनले गोल थपेपछि सिटीले ३–१ को सहज जित दर्ता गर्न सफल भयो ।
जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ । सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ ।
आर्सनल २७ अंकका साथ शीर्ष स्थानमा रहँदा सिटी २६ अंकका साथ दोस्रो स्थानमा छ ।
यसैगरी ब्राइटन १५ अंकका साथ आठौं स्थानमा रहेको छ ।
यस्तै प्रिमियर लिगकै अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
अन्तिम समयमा दुवै टिमले एक एक गोल गरेका थिए ।
८७ औं मिनेटमा चेल्सीले गोल गर्दै अग्रता लिएको थियो ।
जर्जिन्होले गोल गरेका थिए ।
तर, दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा कासेमिरोले गोल फर्काउँद खेल बराबरीमा ल्याएपछि युनाइटेडले राहत महशुस गरेको थियो ।
चेल्सी चौथो र युनाइटेड पाँचौं स्थानमा छन् ।