शीर्ष स्थानको आर्सनल विजयी

  • Image नेप्लेज
  • ३० आश्विन २०७९, आइतवार
  • 681 पटक हेरिएको
शीर्ष स्थानको आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको आर्सनल विजयी भएको छ ।

आज भएको खेलमा लिड्स युनाइटेडमाथि १–० गोल अन्तरको कठिन जित दर्ता गरेको हो ।

आर्सनलले १० खेलमा २७ अंक बनाएको छ भने लिड्सले ९ खेलबाट ९ अंक बनाउँदा १५ औं स्थानमा राखेको छ ।

आर्सनललाई जिताउन बकायो साकाले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

उनले खेलमा ३५ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै आजै भएको खेलमा म्यानचेस्टर युनाइटेड र न्यूक्यासल युनाइटेडले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका छन् ।

युनाइटेड १६ अंकका साथ पाँचौं तथा न्यूक्यासल १५ अंकका साथ छैटौं स्थानमा छ ।

यस्तै साउथ ह्याम्पटन र वेस्टह्यामले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडे ।