यु १७ महिला विश्वकप फुटबल आजदेखि

  • Image नेप्लेज
  • २५ आश्विन २०७९, मङ्गलवार
  • 944 पटक हेरिएको
यु १७ महिला विश्वकप फुटबल आजदेखि

फिफा यू–१७ महिला फुटबल विश्वकप आज बाट भारतमा सुरु हुँदैछ ।

प्रतियोगितामा आयोजक राष्ट्रसहित कुल १६ टोलीको सहभागिता रहनेछ ।

हरेक दुई वर्षमा हुने प्रतियोगिताको यो सातौं संस्करण हो ।

प्रतियोगिता यसअघि सन् २०२० मा हुने भनिएपनि कोभिड–१९ को संक्रमणका कारण स्थगित गरिएको थियो ।

सबै १६ टोलीलाई ४–४ को चार समूहमा विभाजन गरिएको छ ।

१) समूह ए – भारत, अमेरिका, मोरक्को, ब्राजिल

२) समूह बी – जर्मनी, नाइजेरिया, चिली, न्युजिल्यान्ड

3) समूह सी - स्पेन, कोलम्बिया, मेक्सिको, चीन

4) समूह डी - जापान, तान्जानिया, क्यानडा, फ्रान्स

खेल भुवनेश्वर (ओडिशा) को कलिंगा स्टेडियम, मार्गोवा (गोवा) को पण्डित जवाहरलाल नेहरू स्टेडियम र नवी मुम्बई (महाराष्ट्र) को डीवाई पाटिल स्टेडियममा हुनेछ। मोरक्कोले आज समूह ए मा ब्राजिलको सामना गर्नेछ, जबकि पहिलो पटक यस प्रतियोगितामा  भाल लिइरहेकाे भारतले अमेरिकाको सामना गर्नेछ।

समूह बी मा जर्मनीले नाइजेरिया र चिलीले न्युजिल्यान्डसँग खेल्नेछ ।

प्रत्येक समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। अक्टोबर २१ र अक्टोबर २२ मा गोवा र मुम्बईमा खेल हुनेछन् । दुवै सेमिफाइनल गोवामा २६ अक्टोबरमा हुनेछ भने फाइनल र तेस्रो स्थानका खेल ३० अक्टोबरमा हुनेछन् ।

भारतले यति ठूलो परिमाणको फिफा प्रतियोगिता आयोजना गर्ने अवसर पाएको यो दोस्रो पटक हो ।

यसअघि सन् २०१७ मा भारतले यू–१७ पुरुष विश्वकप आयोजना गरेको थियो। उक्त प्रतियोगिताको सफल आयोजनाका कारण भारतले यु–१७ महिला विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो । सन् २००८ मा सुरु भएको यो विश्वकप पहिलो पटक उत्तर कोरियाले जितेको थियो ।

यसपछि दक्षिण कोरिया (२०१०), फ्रान्स (२०१२), जापान (२०१४), उत्तर कोरियाले (२०१६) उपाधि जितेको छ भने पछिल्लो पटक सन् २०१८ मा स्पेनले उपाधि जितेको थियो।