च्याम्पियन्स लिगमा रियल अपराजित

  • Image नेप्लेज
  • २० आश्विन २०७९, बिहिवार
  • 603 पटक हेरिएको
च्याम्पियन्स लिगमा रियल अपराजित

युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले आफ्नो समूहमा अपराजित यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा रियलले सक्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले एक एक गोल गर्दा ओलेक्जेन्डर जुकोभले एक गोल फर्काएका थिए । 

घरेलु मैदानमा रियलका लागि रोड्रिगोले पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा जुनियरले गोल गरेपछि रियल २–० ले अघि बढ्यो ।

३९ औं मिनेटमा ओलेक्जेन्डरले गोल गर्दै सख्तरलाई २–१ को अवस्थामा ल्याएका थिए ।

तर दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि रियल अन्ततः २–१ गोल अन्तरले विजयी भयो ।

समूह एफमा रहेको रियल ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा छ ।

यही समूहमा रहेको आरबी लाइपजिङले सेल्टिकलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

आरबी लाइपजिङले पहिलो जित दर्ता गरेको हो ।

यो  समूहमा सख्तर दोस्रो तथा लाइपजिङ तेस्रो स्थानमा रहँदा सेल्टिक चोथो स्थानमा छ ।