युएईमा आजदेखि शुरु भएको एशिया कप टी २० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले सानदार सुरुआत गरेको छ ।
दुवईमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजको थियो । जुन सहि सावित पनि भयो ।
श्रीलंकलाई पुरै ओभर पनि खेल्न नदिइ अफगास्तिानले १०५ रनमा समेटेको थियो ।
श्रीलंकाले निर्धारित ओभरको २ बल बाँकी हुँदा सवै विकेट गुमाएर १०५ रनमात्रै बनाउन सक्यो ।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा फजल फारुकीले २.४ ओभरमा १ ओभर मेडन राख्दै ११ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।
यसैगरी मुजिव उर रहेमानले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिँदा मोहम्मद नावीले पनि ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए ।
नभिन उल हकले १ विकेट लिँदा स्टार खेलाडी रासिद खानले ४ ओभरमा १२ रन खर्चिए पनि विकेटविहीन बने ।
श्रीलंकाका लागि भानुका राजपाक्षेले सर्वाधिक ३८ रन बनाउँदा चामिका करुणारत्नेले ३१ रन बनाए ।
यस्तै धनुस्का गुनथिलकाले १७ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
१०६ रनको लक्ष्य सहित मैदान उत्रिएको अफगानिस्तानले १०.१ ओभरमा २ विकेट गुमाएर १०६ रन बनाउँदै ८ विकेटको जीत निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल रह्यो ।
अफगानिस्तानका लागि हजरतुल्लाह जजई र रमनुल्लाह गुर्वाजले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे ।
यी दुईले ६.१ ओभरमा ८३ रन बनाएका थिए ।
गुरबाजले १८ बलमा ४० रन बनाए ।
त्यतिबेला उनेले ४ छक्का र ३ चौका प्रहार गरे ।
हजरतुल्लाह जजईले २८ बलमा ३७ रनको नटआउट पारि खेल्दा १ छक्का र ५ चौका प्रहार गरे ।
इब्राहिम जर्दान १५ रन बनाएर रन आउट हुँदा अफगास्तिानले दोस्रो विकेट गुमाएको थियो ।
नजिवुल्लाह जर्दान २ रनमा नटआउट रहे ।
श्रीलंकाका वानेन्दू हसरंगा शिल्भाले एक विकेट लिए ।
एसिया कप अन्तर्गत आइबार भारत र पाकिस्तानको खेल हुने छ ।