हारका साथ टोटेनहमको प्रि-सिजन टुर समाप्त

  • Image नेप्लेज
  • १५ श्रावण २०७९, आइतवार
  • 799 पटक हेरिएको
हारका साथ टोटेनहमको प्रि-सिजन टुर समाप्त

प्रिमियर लिगको नयाँ सिजन सुरु हुन अगाडी भएको प्रि सिजन टुर अन्तर्गतको अन्तिम खेलमा टोटनहम एएस रोमासँग पराजित भएको छ । 

पूर्व प्रशिक्षक जोजे मोउरिन्होको टिम रोमासँग टोटनहम एक शुन्यले पराजित भयो । योसँगै उसको प्रि सिजन टुर हारका साथ सकिएको छ ।

रोमाको जितमा रोजेर इबानेजको एकमात्र गोल निर्णाय बन्यो । खेलको पहिलो हाफमा नै रोजेरले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि सामे अफेर स्टेडियममा कोन्टेको टिम टोटनहम खेलमा फर्कन सकेन र पराजित भयो ।

त्यसोत टोटनहमले खेलको अन्तिममा खेल बराबरी गर्ने राम्रो मौका पाएको थियो । तर हेरी केनले पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् ।

अब टोटनहमले अगष्ट ६ तारिखमा प्रिमियर लिगको पहिलो खेलमा साउथह्याम्टनसँग खेल्नेछ । 

सम्बन्धित खबर