दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित

  • Image नेप्लेज
  • ७ श्रावण २०७९, शनिवार
  • 955 पटक हेरिएको
दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले एक सय १८ रनको सानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले सिरिजमा एक एकको बराबरी गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २८ ओभर एक बलमा अलआउट हुँदै दुई सय एक रन बनाएको थियो । उसका लागि लियान लिभिङ्स्टोनले सर्वाधिक ३८ रन बनाए भने साम कुरानले ३५ रनको योगदान गरे । यस्तै जोनी ब्रेस्टोले २८ रनको योगदान गरे । 

इंग्ल्याण्डका लागि डेविड वेलीले २१ रन बनाउँदा कप्तान जोस बट्लरले १९ रनको योगदान गरे । बलिङमा दक्षिण अफ्रिकाका लागि ड्वायन प्रिस्टोले चार तथा एनरिच र्नोट्जी र टाबरेज साम्सले दुई दुई विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिका २० ओभर चार बलमा मात्र ८३ रनमा अलआउट भयो । एकदिवसिय क्रिकेटमा दक्षिण अफ्रिकाको यो तेस्रो न्युन स्कोर हो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

मात्र ६ रन हुँदा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको पारी पुरै ध्वस्त भयो । उसको पारीलाई कमजोर पार्न आदिल रसिदले तीन तथा रिची टोप्ले र मोनय अलीले दुई दुई विकेट लिए । 

सम्बन्धित खबर