बाना कप भलिबल प्रतियोगिताका लागि फार-वेस्टर्नलाई जर्सी हस्तान्तरण

  • Image नेप्लेज
  • ५ श्रावण २०७९, बिहिवार
  • 1043 पटक हेरिएको
बाना कप भलिबल प्रतियोगिताका लागि फार-वेस्टर्नलाई जर्सी हस्तान्तरण

बानाको आयोजनामा हुन लागेको बाना कप भलिबल प्रतियोगितामा सहभागी टिम फार वेस्टर्नलाई घिमिरे होम्सले जर्सी प्रायोजन गरेको छ । 

रियल स्टेट कम्पनी घिमिरे होम्सले एक सिजनका लागि फारम वेस्टर्नलाई जर्सी प्रायोजन गरेको हो । घिमिरे होम्सका प्रमुख क्रिस घिमिरेले फार वेस्टर्न भलिबल टिमका म्यानेजर हरिस सिंह साउदसँगै कप्तान केशव मडै तथा पूर्व कप्तान बिकास सिंहलाई हस्तान्तरण गरेका हुन् । 

प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने छन् । जसलाई चार समुहमा विभाजन गरिएको छ । हरेक समुहका शिर्ष २ टिमले क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । 

प्रतियोगिताको बिजेताले ५ हजार ५ सय ५५ अमेरिकी डलर पाउने छ भने उपविजेताले ३ हजार ३ सय ३३ डलर पाउने छन् ।

यहि जुलाई २३ र २४ मा हुने प्रतियोगितामा अमेरिकाका बिभिन्न स्टेटबाट टिमको सहभागिता रहेको छ ।