एन्फा र साफ महासिचवबिच भेट, महिला साफ नेपालमा गर्न प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१७
  • |
  • 327 पटक हेरिएको

अखिल नेपाल फुटबल संघका महासचिव किराण राईको नेतृत्वमा ढाका पुगेको टोलीले साफको महासचिवसँग भेट गरेको छ ।

नेपाली टोलीले ढाकामा रहेको साफ मुख्यालयमा शुक्रबार साफ महासचिवसँग भेट गरेको जनाएको छ ।

नेपाली टोलीमा एन्फा महासचिव किरण राई एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी रहेका छन् ।

एन्फा महासचिव राईले यँही अगष्ट २९ देखि सेप्टेम्बर १० गतेसम्म महिला साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव गरेको जनाएको छ ।

सो प्रस्तावमा साफ महासचिव सकारात्मक रहेको र आगामी शनिबार हुने साफ कंग्रेसमा सो प्रस्तावमा छलफल हुने बताइएको छ ।    

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey