इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको कार्यसमिति बैठक आज सम्पन्न हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१७
  • |
  • 750 पटक हेरिएको

इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसन(आइएस एफ) को कार्यसमिति बैठक मोरक्को राजधानी रबटमा आज सम्पन्न हुदैछ ।

पहीलो दिनको बैठले २०२२/२०२३  का प्रतियोगिताहरु को लागि कार्यक्रमहरूका लागि  आइएस एफका कार्यकारी सदस्य  राज कुमार कार्की लाई प्रतिनिधि नियुक्त गरिएको छ । 

पहिलो   दिन  २०२२/र२०२३ विभिन्न देशको खेलकुद  योजनाहरूको बारेमा छलफल भएको थियो। दोस्रो  दिन २०२४/ २०२८ सम्मको बिभिन्न  देशमा आयोजना  हुने खेलकुद  योजनाहरूको बारेमा छलफल हुनेछ ।  

मोरक्कोमा आइएस एफ कार्यकारी समितिको २०२२/२०२३  का कार्यक्रमहरूका लागि विभिन्न देशका  प्रतिनिधिहरू  नियुक्त गरिएको  थियो। जसमा इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको नेपालबाट निर्वाचित कार्यकारी सदस्य राज कुमार कार्की प्रतिनिधिको रूपमा नियुक्त भएका छन्।

नेपालबाट आइएस एफ कार्यकारी समितिको २०२२/२०२३  का कार्यक्रमहरूका लागि प्रतिनिधिको रूपमा नियुक्त हुन पाउँदा खुशी छू  आउने दिनमा थप विश्वास साथ नेपाली खेलकुद र नेपाल राष्ट्रलाई चिनाउन प्रयास गर्ने छु उनले भने ।

साथै नेपाल राष्ट्रको खेलकुदको वृद्धि विकासका लागि पहल गर्ने  खेलकुद प्रवर्द्धनका लागि बैठकमा आफ्नो भनाइ  राखेको र आउने दिनमा विभिन्न कार्यक्रम नेपालमा गर्न पहल गरेको  उनको भनाइ थियो। 

इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको फ्रान्समा भएको साधारणसभा बाट नेपालको प्रतिनिधित्व गर्दै राज कुमार कार्की कार्यकारी समितिको सदस्यमा गत जेठमा निर्वाचित भएका थिए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey