भारत र इंग्ल्याण्डबिचको पाचौं टेष्ट आजबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१७
  • |
  • 334 पटक हेरिएको

भारत र इंग्ल्याण्डबिचको पाचौं टेष्ट सिरिजको अन्तिम भिडन्त आजबाट बर्मिंघममाको एजबेस्टन स्टेडियममा  सुरु हुँदै छ ।  

यो सिरिजका चार टेष्ट अघिल्लो वर्ष नै खेलिएको थियो । पार्चौ टेष्ट भने कोरोनाका कारण स्थगित गरिएको थियो ।

१० महिनापनि सो टेष्ट आजबाट बर्मिंघममा सुरु हुनेछ । यस पटक भारतको कप्तानी फास्ट बलर जसप्रीत ब्रुमाहले गर्नेछन् ।

भारतका कप्तान रोहित शर्मामा कोरोना सक्रंमण भएपछि कप्तानको जिम्मेवारी ब्रुमाहलाई दिइएको हो । कोरोनाका कारण सिरिज स्थगित हुँदा भारत २–१ ले अगाडी थियो ।

भारतले यो टेष्ट जितेमा एकै साथ धेरै रेकर्ड बन्नेछ ।

९० सालको इतिहासमा भारतले ५ टेष्टको श्रृंखलामा इग्ंल्याण्डविरुद्ध कुनैपनि सिरिज जित्न सकेको छैन् ।

१५ वर्षमा भारतले इंग्ल्याण्डको घरेलु मैदानमा यो पहिलो जित हुनेछ ।

५५ वर्षदेखि बर्मिंघममा इंग्ल्याण्डले जित्दै आएकोमा भारतले जितेमा त्यसमा ब्रेक लाग्ने छ । 

भारतीय टोलीले १९६७ मे मा पहिलो पटक टेष्ट खेलेको  थियो ।

त्यस पछि अहिले सम्म बर्मिंघममा भारत र इग्ंल्याण्डबीच ७ टेष्ट भएको छ र कुनैपनि भारतले जित्न सकेको छैन् ।

६ सिरिजमा इग्ंल्याण्डले जितेको छ भने एक बराबरी भएको थियो । 

दुवै टिमको संभाविल प्लेइङ्ग ११

भारतः 
शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, विराट कोहली, श्रेयस अय्यर, ऋषव पन्त, रवींद्र जडेजा, शादरस्ल ठाकुर÷रविचंद्रन अश्विन, मोहम्मद शामी, मोहम्मद सिराज र जसप्रीत ब्रुमाह

इग्ंल्याण्ड
एलेक्स लीस, ज्याक क्राउली, ओली पोप, जोय रुट, जोनी बेयरस्टो, बेन स्टोक्स, श्याम बिलिंग्स, मैथ्यू पोट्स, स्टुअर्ड ब्राड, ज्याक लीच र जेम्स एन्डरशन  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey