प्रहरी स्कुललाई टच रग्बी प्रतियोगितामा दोहोरो उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१६
  • |
  • 480 पटक हेरिएको

नेपाल प्रहरी स्कुल (एनपीएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ।

प्रहरीको दुवै ब्वाइज-गल्स टोली उपाधि चुम्न सफल भयो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई ३–१ ले पराजित गर्‍यो।  फेरिल्यान्ड तेश्रो भयो।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्सको उपाधि भिडन्तमा प्रहरीले जोसेफलाई ‘ड्रप बल’ मा २–० ले हरायो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। पारामाउन्ट तेश्रो भयो।

ब्वाइजमा प्रहरीका पदम चौलागाईं तथा गल्समा पारामाउन्टकी एलिना राई उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सविच गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

एकदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गल्समा ९ टिम सहभागी थिए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey