काठमाडौं महानगरपालिका च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१५
  • |
  • 386 पटक हेरिएको

काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ ।

विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो भयो । तेश्रो स्थानको चन्द्रागिरी नगरपालिकाले १० स्वर्ण, १० रजत १८ कांस्य जित्यो ।

बूढानीलकण्ठ नगरपालिका ७ स्वर्ण, ७ रजत र ६ कांस्य, शंखरापुर नगरपालिका ६ स्वर्ण, ५ रजत र ४ कांस्य, नागर्जुन नगरपालिका ३ स्वर्ण, ३ रजत र ४ कांस्य तथा तार्केश्वर नगरपालिका १ स्वर्ण र १ रजत जित्दै क्रमशः चौथोदेखि सातौं स्थानमा रहे ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey