तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अर्को साता

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१५
  • |
  • 407 पटक हेरिएको

नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप २०२२ आषाढ २३ देखि २५ गते सम्म आयोजना हुने भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।

छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २ (DOTA 2), सिएस गो (CS:GO), एमएलबिबी (MLBB), टेकेन ७ (TEKKEN 7)  र पब्जी (PUBG) गरि ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भईसकेको र आषाढ २३ गते देखि फाईन खेलहरु आयोजा हुने समेत जानकारी गराए ।

जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरुविच प्रतिस्पर्धा भईरहेको र १६ स्क्वाडका विच आषाढ १६ गते सम्म सेमिफाईनलका प्रतिस्पर्धा भईरहेको अध्यक्ष डङ्गोलले जनाएका छन् । 
च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।

च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रा.लि.ले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राईम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै प्राईम कलेजका प्रिन्सिपल एन.पी. शर्माले पढाई मात्र नभई खेलकुद गतिविधीमा समेत कलेको लगानी रहेको भन्दै आफ्ना कलेजका आईटिका विद्याथीहरुविच र युवाहरुको विच निकैनै लोकप्रिय रहेका ईस्पोर्टस्लाइ साथ दिन पाएकोमा हर्ष महशुस भएको भन्दै ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने बताए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey