एन्फाको नँया कार्यसमितिलाई प्रचण्डको बधाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१५
  • |
  • 443 पटक हेरिएको

पूर्वप्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवनिर्वाचित एन्फा कार्यसमितिलाई भेटेर बदाई दिएका छन् ।

नवनिर्वाचित एन्फा कार्यसमितिलाई बुधबार प्रचण्ड निवास खुमलटारमा भेट गर्दै कार्यसमितिलाई बदाई दिएका हुन् ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली फुटबल विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

असार ६ गते सम्पन्न एन्फाको कार्यसमितिको निर्वाचनमा पंकज विक्रम नेम्वाङले कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै एन्फा अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षमा नेम्वाङ निर्वाचित हुँदा वीर बहादुर खड्का बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै दावा लामा, विराट जंग शाही, दिपका खतिवडा र दीर्घ बहादुर केसी उपाध्यक्षमा चुनिदा सरला श्रेष्ठ, पेमा डोल्मा लामा महिला सदस्य तथा मनिष जोशी अनिल मल्ल, रविन चंद, विकास नाराण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोत्तम थापा रमेश ब्यङजनकार, मणिराज विष्ट, टिकाराम लामा र भरत बुडा सदस्यमा निर्वाचित भएका थिए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey