एसीसी महिला क्रिकेट : फाइनल पुग्न नेपालले युएईसँग खेल्दै

  • Image नेप्लेज
  • १० असार २०७९, शुक्रवार
  • 690 पटक हेरिएको
एसीसी महिला क्रिकेट : फाइनल पुग्न नेपालले युएईसँग खेल्दै

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली युएईकाे सँग प्रतिष्पर्धा गर्दै छ ।

नेपाल समूह बीकाे उप बिजेता बन्दा युएई समूह एकाे बिजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे ।

नेपाल र युएई बीचको खेल नेपाली समय अनुसार विहान सवा ८ बजे सुरु हुने छ । नेपालले समूह चरणका ३ खेल जित्दा अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।

मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल भाेलि शनिबार हुनेछ । फाइनल खेल्ने दुई टोलीले महिला टी-२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।